उज्वल पौडेल / तनहुँ ।
मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा तनहुँबाट ७ हजार ४ सय १४ जना नयाँ मतदाता थपिने भएका छन् ।
गत वैशाखमा भएको स्थानीय चुनावमा २ लाख ४४ हजार ३ सय ४० जना मतदाता थिए । त्यसमा अब करिब ७ हजार ४ सय १४ नयाँ थपिने छन् । यो अवधिमा जिल्ला निर्वाचन कार्यालयमा १७ सय १४ महिला र १९ सय ३४ पुरुष गरी जम्मा ३६ सय ४९ जनाले नाम दर्ता गराएका थिए । जिल्ला प्रशासन कार्यालय तनहुँमा १६ सय ९८ महिला र १७ सय ७ पुरुष गरी जम्मा ३४ सय ५ जनाले नाम दर्ता गराएका थिए ।
जिल्ला निर्वाचन कार्यालय तनहुँकोे पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिब ७ हजार ४ सय १४ जनाले नाम दर्ता गरेका छन् । स्थानीय निर्वाचनछि अन्य जिल्लामा नामावली दर्ता गराएका अद्यावधिक विवरण नआएकाले त्यो संख्या केही बढ्ने जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरी ढकालले बताए । आयोगले १ असारदेखि यसअघिका मतदाताहरुलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या यकिन नभएको कार्यालयका प्रमुख ढकालले बताए । निर्वाचन आयोगले उनीहरुको विवरण छुट्टै राख्छ । स्थानीय तहबाट मृत्युदर्ता गरेकाहरुले लगत समेत घटाउन हुनाले मतदाताहरुको संख्या एकीन गर्न अझै केही दिन लाग्ने कार्यालय प्रमुख ढकालले बताए ।
सरकारले निर्वाचनको मिति घोषणा गरेकाले शुक्रबारदेखि नामावली संकलनको काम रोकिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
ी