images
images
images

साउनको तेश्रो सोमबार देवघाटमा भक्तजनहरूको घुइँचो

images

देवघाट ।
देवघाटधाम तनहुँ,चितवन र नवलपुरको संगम देवघाटमा तिर्थालु भक्तजनहरूको बाक्लो भिडभाड लागेको छ । तनहुँ,चितवन र नवलपुरको संगमस्थल वेणीमा हरेक वर्ष साउन महिनामा बोलबम मेला लाग्ने गर्छ । देवघाटमा साउन महनिाभर बोलबमलबम मेला लाग्ने गर्दछ । सोमबार विहानै देखी देवघाटको पशुपति मन्दिर देखी वेणी संगमसम्म बिहानै देखि नै भक्तजनको ठुलो भीडभाड रहेको छ । तिर्थस्थल देवघाटमा बिहानैदेखि दर्शनार्थीहरूको अवलोकन तथा बोलबम मेला भर्न आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइँचो लागेको देवघाट गाँउपालिका उपाध्यक्ष भुवन सिंह गुरुङले बताए ।

साउन महिना र सोमबार भगवान् शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आफ्नो मनको शान्ति हुनुका साथै आफ्नो परिवारमा खुसी छाउछ भन्ने धार्मिक विश्वासका रहेको छ । साउन महिना भरि लाग्ने यस एक महिने साउने मेलामा सोमबारको पहिलो दिन आइतबार नै टाढाटाढाबाट भक्तजनहरू आएर बस्ने गर्दछन र सोमबार बिहान शिवजीको दर्शन गरेर व्रत बस्ने गर्दछ । देवघाटका प्रसिद्ध मन्दिरहरु ,शिवालय र वेणी संगम स्नान गरेर मात्रै घर फर्किन्छन ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS