images
images
images

इशानेश्वर ,करापुटार- पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान

images

इशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५९ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक एवं समाजका सहसचिव प्रल्हाद चन्द्र घिमिरेले जानकारी दिए ।

कार्यक्रममा वं समाजका संस्थापक अध्यक्ष ऋषिकेशव सुवेदीले समाजका सदस्यहरुको हितका लागि काम गर्दै आएको समाजले रक्तदान कार्यक्रमको आयोजना गरि मानविय सेवाको काममा उल्लेखनिय काम गरेको बताए। त्यस्तै नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा गण्डकी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका बैज्ञानिक डा.निरञ्जन कोइरालाले रक्तदानको महत्वको बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नियमित रक्तदान गर्दै आउनुभएका कमल राज पन्तले ५१ औं पटक रक्तदान गरेका थिए । समाजका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव निर्मल सोतीले गरेका थिए । समाजका प्रथम उपाध्यक्ष प्रकाश चन्द्र घिमिरेले धन्यवाद ज्ञापन गर्नुका साथै कार्यक्रममा स्वागत संयोजक प्रल्हाद चन्द्र घिमिरेले गरेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS