तनहुँ
राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक भएको एसईईको नतिजामा व्यास– ४ स्थित पराशर आवसीय माध्यमिक विद्यालयकी छात्रा सारा अधिकारीले ३.९५ जिपीए प्राप्त गरेकी छन् । विद्यालयले आफ्नो विद्यालयकी छात्रा अधिकारीले जिल्लामा नै सर्वोत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । छात्रा अधिकारीले ३.९५ जीपीए नतिजा ल्याएको विद्यालयले खुसी समेत व्यक्त गरेको छ । विद्यालयका प्राचार्य अमृृत भण्डारी आफ्नो विद्यालयमा अध्यनरत विद्यार्थी उत्कृत नतिजा ल्याउनु सिङगो विद्यालय परिवारका लागि गौरवको विषय भएको बताए ।
छात्रा अधिकारीले उत्कृष्ट नतिजा ल्याए सगै विद्यालय र क्याम्पस तहमा थप गुणस्तरीय शिक्षा दिने विषयमा प्रेरणा मिलेको समेत प्राचार्य भण्डारीले बताए । छात्रा अधिकारीले उत्कृष्ट नतिजा ल्याएसगै पराशर आवसीय माध्यमिक विद्यालयले दमौलीमा शैक्षिक क्षेत्रमा आफ्नो नाम अग्रस्थानमा राख्न सफल भएको छ ।
यसैबीच राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा तनहुँमा ३.६ देखि ४ जीपीए सम्म ल्याउने विद्यार्थीको संख्या ४७ रहेको छ । त्यस्तै ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या २९३, २.८ देखि ३.२ जीपीए ल्याउनेको संख्या ६६३ रहेको छ । तनहुँमा यस बर्षको एसईई परीक्षामा ६ हजार १ सय ७५ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।















