दमौली
जिल्ला हुलाक कार्यालय तनहुँले आर्थिक बर्ष २०७८/०७९ सालमा २६ लाख २१ हजार २ सय ४५ राजश्व संकलन गरेको छ ।
कार्यालयले बिभिन्न सेवाबाट सो रकम राजश्व संकलन गरेको जिल्ला हुलाक कार्यालय तनहुँका प्रमुख मित्रलाल भट्टराइले बताए ।
हुलाक कार्यालय तनहुँले भन्सार महसुल –आयात शिर्षकमा ७३ हजार ९ सय २५ हुलाक सेवा शुल्कबाट २१ लाख दुई हजार ५ सय ६८,अन्य क्षेत्रको आयबाट ३४ हजार ५ सय धरौटी सदरस्याहाबाट ४४ हजार ४ सय २३ र अन्य बाडफाड हुने राजश्व संकल शिर्षकबाट ३ लाख ६५ हजार ८ सय २ रुपया गरी २६ लाख २१ हजार २ सय ४५ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालयले तनहुँमा १ वटा जिल्ला हुलाक कार्यालय, १४ वटा इलाका हुलाक कार्यालय र ३७ वटा अतिरिक्त हुलाक कार्र्यलय मार्फत सेवा प्रवाह हुँदै आएको कार्यालय प्रमुख भट्टराईले बताए ।
















