images
images
images

गजुरे स्वास्थ्य चौकीमा पोषण तथा सरसफाई सामग्रीहरु वितरण

images

तनहुँ
व्यास नगरपालिका वडा नं. ९ मा रहेको गजुरे स्वास्थ्य चौकीले गर्भवती र सुत्केरी आमाहरु लाई पोषण तथा सरसफाई सामग्री वितरण गरेको छ ।
स्वास्थ्य कार्यालय तनहुँले प्रदान गरेको र व्यास नगरपालिका दमौली तनहुँ को समन्वयमा व्यास नगरपालिका वडा नं ९ अन्तर्गत आर्थिक बर्ष २०७८ ०७९ मा दलित गर्भवती र सुत्केरी आमाहरुलाई पोषण तथा सरसफाई सामग्री वडा नं ९ का वडा अध्यक्ष सुरेश थापाले वितरण गरेका थिए ।

गर्भवती र सुत्केरी आमाहरु जम्मा १४ जना र पुर्ण अपाङ्ग क वर्ग का ७ जना लाई पोषण तथा सरसफाई सामग्री वितरण गरिएको गजुरे स्वास्थ्य चौकीमा इन्चार्ज खुशीराम क्षेत्रीले बताए । व्यास नगरपालिकाले पालिकाभरी पोषणलाई प्राथमाकिता राखेर कार्यक्रम संचालन सुरु गरेको व्यास नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले बताए ।

images