
तनहुँ
म्याग्दे गाँउपालिकाले विकास खर्च भन्दा प्रशाशनिक खर्चमा बढी रकम खर्च गर्ने गरेको छ । गाँउपालिकाले आर्थिक बर्ष २०७७÷०७८ मा म्याग्दे गाँउपालिकालाई प्राप्त भएको सबै अनुदान र राजश्व बाँडफाँडको रकमबाट ५२. ७२ प्रतिशत चालु खर्च ४७.८ प्रतिशत मात्र पूँजिगत निर्माणमा खर्च भएको महालेखापरीक्षकको प्रतिवदेन–२०७९मा उल्लेख गरेको छ ।
महोखापरीक्षकको प्रतिवेदनमा भनिएको छ ‘म्याग्दे गाँउपालिकको आर्थिक बर्ष ०७७÷०७८ मा बार्षिक आन्तरीक आम्दानी ५ करोड ३० लाख १२ हजार,राजश्व बाँडफाँड र अनुदानबाट ३६ करोड ३८ लाख ६१ हजार र गत बर्षको जिम्मेवारी १२ करोड ५९ लाख ६० हजार समेत रु ५४ करोड २८ लाख ३३ हजार आम्दानी भएकोमा चालुतर्फ २८ करोड ६२ लाख ९ हजार र पूँजीगत तर्फ रु.३३ करोड ४२ लाख ७० हजार खर्च भएको छ ’ ।
‘म्याग्दे गाँउपालिकको आर्थिक बर्ष ०७७÷०७८ मा बार्षिक आन्तरीक आम्दानी ५ करोड ३० लाख १२ हजार,राजश्व बाँडफाँड र अनुदानबाट ३६ करोड ३८ लाख ६१ हजार र गत बर्षको जिम्मेवारी १२ करोड ५९ लाख ६० हजार समेत रु ५४ करोड २८ लाख ३३ हजार आम्दानी भएकोमा चालुतर्फ २८ करोड ६२ लाख ९ हजार र पूँजीगत तर्फ रु.२३ करोड ४२ लाख ७० हजार खर्च भएको’ प्रतिवेदनमा उल्लेख छ । यस्तो खर्चबाट पालिकाको बिकासमा निर्माण प्रयोजनमा न्यून खर्च गरेको प्रशासनीक प्रयोजनमा बढी खर्च गरेको भन्दै यस्तो प्रणालीलाई सुधार गर्न समेत महालेखा परीक्षकको प्रतिवेदनमा सुझाव दिएको छ । महालेखापरीक्षको प्रतिवेदनमा भनिएको छ ‘प्रशासनीक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजश्व बाँडफाँडको रकम अधिकरुपमा विकास निर्माण प्रयोजनमा परिचालन गनुप्रर्दछ । ’