images
images
images

व्यासको प्रस्ताबित बजेट संशोधन सहित पारित

images

दमौली
जिल्लाको व्यास नगरपालिका कार्यालयको आ।ब ०७९÷८० को लागि एक अरब पैसठ्ठी करोड चौवन्न लाख प्रस्तावित बजेट पारित गरेको छ । व्यास नगरपालिकाको शुक्रबार आयोजित ३७ औं नगरसभाले प्रस्ताबित बजेटको आय व्यय संशोधन सहित पारित गरेको हो ।
व्यास नगरपालिकाकी उप–प्रमुख इन्दिरा दरैबाट ०७९ असार १० मा प्रस्तावित बजेट नगरसभाबाट पारित गरेको व्यास नगरपालिका कार्यालयले जनाएको छ ।
उक्त सभामा उप–प्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देल, चौध वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु र नगर सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको व्यास नगरपालिकाका सूचना प्रविधि अधिकृत बिशाल पण्डितले जानकारी दिए ।
व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको ऐन, २०७८ लाई दोस्रो संशोधन प्रस्ताव विद्यायन समितिका अध्यक्ष खेमराज पोख्रेलबाट प्रस्तुत भई सर्वसम्मत पारित गरेको छ ।
सभामा न्यायीक समितिको प्रतिवेदन उप–प्रमुख इन्दिरा दरै, आर्थिक समिति प्रतिवेदन अध्यक्ष रमेशचन्द्र हड्खले, विधायन समिति प्रतिवेदन अध्यक्ष खेमराज पोख्रेल, सुशासन समिति प्रतिवेदन अध्यक्ष सुरेश थापा, पुर्वाधार समिति प्रतिवेदन अध्यक्ष मन बहादुर गुरुङले प्रस्तुत गरी पारित गरेको छ ।
त्यसैगरी,वन वातावरण समिति प्रतिवेदन अध्यक्ष रनसिं नेपाली, लेखा समिति प्रतिवेदन आलेप शाखा प्रमुख कुमार कञ्चन जि।सी र सामाजिक विकास समिति प्रतिवेदन शिक्षा शाखा नि।प्रमुख नविन पराजुलीबाट प्रस्तुत भई पारित गरेको छ ।
आ।ब ०७९÷८० का लागि विभिन्न गैर्ह सरकारी संस्थाहरुले यस नगरपालिका भित्र रु।एक अरब ७७ करोड ४८ लाख ३२३ खर्च गर्ने गरी कार्यक्रम सञ्चालन गर्न अनुमति माग भएकोमा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको छ ।
व्यास नगरपालिका वडा नं २,३,४ का शहरी क्षेत्रका ०–२–२–० सम्मका साविक फरकचौर ९९घ०, ९९ञ० नक्साका १०५ मापदण्डलाई हटाई पुरै क्षेत्रफल जग्गामा घर निर्माण गर्न दिने निर्णय गरेको सूचना प्रविधि अधिकृत पण्डितले जानकारी दिए ।
साथै मापदण्ड कार्यान्वयन गर्न गराउन नगरप्रमुखको संयोजकत्वमा ५ सदस्यीय मापदण्ड कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ ।
नेपालको संविधान, २०७४ को धारा २१७ बमोजिम व्यास नगर न्यायीक समिति सदस्यमा नगर सदस्यमा व्यास–१३ की मधुमाया वि।क र व्यास–१० का यज्ञ शर्मालाई सर्वसम्मत मनोनयन गर्ने निर्णय गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS