images
images
images

तनहुँमा ४ सय ५ नयाँ उद्योग दर्ता

images

तनहुँ ।
तनहुँ जिल्लामा मापदण्ड नपुगेका ३३ वटा घरेलु उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालय तनहुँले खारेज गरेको छ ।
दर्ता गरेर उद्योग सञ्चालन नगर्ने, लामो समयसम्म नवीकरण नगर्ने एवं उद्योग सञ्चालनका लागि विभिन्न मापदण्ड नपुगेको उद्योगहरु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि असार २२ गतेसम्म सो संख्यामा घरेलु उद्योग खारेज गरेको कार्यालयको उद्योग प्रशासन प्रमुख मेनका रिमाल कट्टेलले जानकारी दिईन ।
उनका अनुसार यस अवधिमा ४ सय ५ नयाँ उद्योग दर्ता भएको छ । त्यस्तै, उक्त अवधिमा २ सय ११ वटा घरेलु उद्योगको नवीकरण भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा २ हजार १ नयाँ उद्योग दर्ता भएको थियो । ७२१ उद्योग नवीकरण भएको थियो भने ८५ उद्योग खारेज भएका थिए । त्यस्तै यस कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा १ सय ९ उद्योग खारेज गरेको थियो । सो अवधिमा १ हजार २७४ नयाँ उद्योग दर्ता र ५ सय ९० वटा उद्योग नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ६० वटा उद्योग खारेज हुँदा ७३० वटा नवीकरण र १ हजार १३४ वटा नयाँ दर्ता भएका थिए ।
त्यस्तै वाणिज्यतर्फ आर्थिक वर्ष २०७८÷७९ को साउनदेखि असार २२ सम्म १ सय ३४ वटा वाणिज्य दर्ता खारेज भएको कार्यालयका वाणिज्य प्रशासन प्रमुख रवि अधिकारीले बताए । उनले भने, ‘यस अवधिमा ९ सय ५४ नयाँ वाणिज्य दर्ता भएका छन् भने १ हजार ६२५ वटा वाणिज्यको नवीकरण भएका छन् ।
त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा १३५ वाणिज्य दर्ता घरेलु कार्यालयले खारेज गरेको छ । त्यस्तै १ हजार ३६१ नयाँ वाणिज्य दर्ता भएको र ९ सय १९ वाणिज्यको नवीकरण भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा ८४ वटा खारेज भएको थियो । सो अवधिमा १ हजार ८१४ वाणिज्य दर्ता तथा ६ सय ७९ वटाको नवीकरण भएको थियो । यस्तै आर्थिक वर्ष २०७५÷७६ मा ४३ वटा खारेज भएको थियो । सो अवधिमा ७ सय ३५ वाणिज्य दर्ता तथा ७ सय ३४ वटाको नवीकरण भएको घरेलु कार्यालयले जनाएको छ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS