दमौली बजार भित्रको एकतर्फी सडकमा सवारी र सर्वसाधारणलाई अवरोध पुर्याउने गरी सडकमै व्यापार गरेपछी उक्त फुटपाथ व्यवसायीको ठेला नियनत्रणमा लिएको नगरप्रहरी प्रमुख परियारले बताए ।
कालिका मार्गबाट ठेला नियन्त्रणमा लिएर न्युरोड हुँदै व्यास नगरपालिका ल्याउने क्रममा व्यास(२ न्युरोडमा उक्त व्यवसायीको आँप सडकमा पोखिएको थियो । नगरप्रहरी र व्यवसायी बीच तानातान हुँदा ठेलामा चुली पारेर राखिएको आँप खसेको नगरप्रहरी प्रमुख परियार बताउछन । उनले भने ुहामिले फालेका होइनौ ।ु
व्यास नगरप्रहरीले फुटपाथ कब्जा गरेर व्यवसाय गर्ने सडक व्यवसायीलाई नियन्त्रणमा लिएर कारबाही गर्दै आइरहेको छ । पहिलो पटक नियन्त्रणमा परेकालिई सामानको परिमाण अनुसार २ सयदेखि १ हजारसम्म जरिवाना अगरने गरिएको परियारले जानकारी दिए ।
दमौली बजार भित्रको सडक एकतर्फी रहेकाले त्यहाँ सडकमै व्यवसाय गर्दा अन्य सर्वसाधारणलाई असर पर्ने देखिएकाले कारबाही गर्ने गरिएको उनले बताए ।
फुटपाथमा बिहान ९ बजेसम्म र साँझ ५ बजेपछी व्यापार गर्न छुट दिईएको नगरप्रहरी प्रमुख परियारले जानकारी दिए । त्यसबाहेक व्यास(२, र ४ मा पर्ने बुल्दी पुलदेखि मादी पुलसम्म सडकमा व्यापार व्यवसाय गर्न बन्देज गरिएको उनि बताउछन ।
अहिले पनि आफुहरु सँग ३ वटा ठेलाका सामग्री नियन्त्रणमा रहेको उनि बताउछन । यस्तै व्यास(४ मा पर्ने पृथ्वी राजमार्गको भोर्लेटार चोकमा पानि र अन्य खानेकुरा बिक्रिमा समेत नियन्त्रण गरिएको परियारले जानकारी दिए ।