damuli hospatail

२४ मंसिर २०८०, आईतवार

आँबुखैरेनीमा १५ शैयाको आधुनिक अस्पताल संचालन हुने

  आँबुखैरेनी  

 आँबुखैरेनी गाउँपालिकाले १५ शैयाको आधुनिक अस्पताल संञ्चालन गर्ने भएको छ । गाउँपालिका कार्यालयले यसै आर्थिक बर्ष देखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको छ । बर्थिङ सेन्टरको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको समेत गाउँपालिका कार्यालयले जनाएको छ । गाउँपालिकाले अस्पतालसंग सम्झौता गरी एमडिजिपी र एमबिएस गरेका बिशेषज्ञ डा.ल्याउने लक्ष्य राखिएको छ । आँबुखैरेनी सहित गोरखा, लमजुङ सहित तनहुँको बन्दिपुर भानु देवघाट लगायतका पालिकाका बासिन्दालाई समेत सहज रुपमा प्रभावकारी सेवा प्रवाह गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।
क्यान्सरका बिरामीलाई ५० हजार दिने
आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने निर्णय गरेको छ। गाउँकार्यपालिकाको बैठकले क्यान्सरका बिरामीलाई उपचारको लागी उक्त रकम दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए।
साथै गाउँपालिकाले सरकारी, निजि क्षेत्र र आम जनसमुदाय को सहकार्य मा उपचार कोष खडा गर्ने समेत बताएको छ। उपचारमा ठुलो धनराशी खर्च हुने बिरामी लाई सहयोग गर्ने सोच राखेका चुमानले बताए।

प्रतिक्रिया दिनुहोस्

sukala