
तनहुँ सहकारीलाई चुस्त, दुरुस्त र समयसापेक्ष बनाउन दमौली बजार क्षेत्रका ९ वटा सहकारीका पदाधिकारी र कर्मचारीलाई शनिबार सहकारी शिक्षा तालिम प्रदान गरिएको छ ।
व्यास २ दमौली स्थित उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाको समन्वयमा भएको तालिममा सहकारी संचालक समिति र कर्मचारीहरुको भुमिका लगायतको बारेमा नेफ्स्कुनका प्रशिक्षक सूर्यप्रसाद तिमल्सिनाले प्रशिक्षण दिएका थिए । व्यास २ दमौलीस्थित एशियन उपभोक्ता सहकारी, शुभश्री बचत तथा ऋण सहकारी, माछापुच्छ«े बचत तथा ऋण सहकारी, शिवार्पण बचत तथा ऋण सहकारी, कृष्णदेव बचत तथा ऋण सहकारी, महिला सिप जागरण सहकारी, सहारा कृषि सहकारी र श्रमिक बचत तथा ऋण सहकारी र उद्यममशील बचत तथा ऋण सहकारी गरी ९ वटा सहकारीले संयुक्तरुमा आयोजना गरेको उक्त तालिममा १ सय जनाको सहभागिता रहेको तालिम संयोजक आशकाजि श्रेष्ठले बताए ।
सहकारीहरुलाई जनमुखि र समयसापेक्ष बनाएर लैजानु पर्ने महशुस गरी तालिम प्रदान गरिएको उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रलाल श्रेष्ठ विकल्पले जानकारी दिए । तालिमबाट आफूहरुले सिकेका सिपबाट सहकारीको व्यवस्थापकीय पक्षको सुधारमा ठुलो योगदान रहने महशुस गरेको उद्यमशिल बचत तथा ऋण सहकारीका व्यवस्थापक सन्दिप गुरुङले बताए । आगामी दिनमा पनि यस्तो कार्यक्रम भई रहे कर्मचारीहरुलाई धेरै प्रभावकारी हुने व्यास २ दमौलीस्थित कृष्णदेव बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रञ्जिता क्षेत्री भुजेलले बताईन् । तालिममा व्यास ३ की वडा सदस्य विनु श्रेष्ठ, एशियन उपभोक्ता सहकारी संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ, महिला सिप जागरण सहकारी संस्थाका प्रतिनिधि रुद्रमाया पौडेल, शुभश्री बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमिति संयोजक अर्जुन गिरी साहारा कृषि विकास सहकारी संस्था लि.का प्र्रतिनिधि ऋषिराम ढुंगाना, उद्यमशिल बचत तथा ऋण सहकारी संस्थाका सचिव पूर्ण विके लगायतले तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागु गर्न सके सहकारीका कर्मचारी र पदाधिकारी विच प्रगाढ सम्बन्ध कायम भई सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न सकिने बताएका थिए ।
आगामी दिनमा पनि यस्तै तालिमको आवश्यकता महशुस गरिएको सहभागीहरुले बताएका थिए । सहकारी प्रवर्धनको लागि गरिएको तालिम भएकोले व्यास नगरपालिकाको कार्यालयले निशुल्क हल उपलव्ध गराएको थियो ।