तनहुँ
व्यास नगरपालिका ७ नरङ्गानिवासी ४० बर्षीय सोमबहादुर विक वैदेशिक रोजगारीको क्रममासंयुक्त राज्य अरव दुवईमाथिए । साहुको ऋण तिर्ने र परिवारलाई राम्रो शिक्षादिक्षादिने सपनाबनाएर दुवई गएकाउनको ७महिना अघिमात्रै दुईवटा नै मृगौलाले कामगर्न छाड्यो । दुवईहानिएको तीनमहिनामा नै यस्तो भयावहअवस्था आएपछि विकनिकै चिन्तामागुज्रिए । यस्तो अवस्थामा रहेकाउनलाई अस्पतालबाटै कम्पनीले बाटो खर्च दिएर घर फिर्ता ग¥यो ।दुवईमा सातामातीन पटक डायलाएसिस गरेका सोमबहादुरलाई नेपालमाकहाँ कसरी उपचार गर्ने भन्ने कुनै जानकारी थिएन । घर आएपछि जेनतेन ऋण जुटाएर ४०÷५० हजार रुपैंयाँ जुटाएका उनले पोखराको किड्नि उपचार केन्द्रमाचर्को शुल्कतिरेर डायलाएसिस गरे । घरमापहिल्यै लागेको करिव ७लाख रुपैंयाँ ऋण कसरी तिर्ने भन्ने चिन्तामा रहेकाउनले युके प्रहरीमाकार्यरत सहपाठी साथीकिसान परियारलाई फेसबुकमार्फत आफ्नो समस्याको सबै बेलिविस्तार लगाए । युके प्रहरीमाकार्यरत साथी परियारले सबै कुरा सुनें ।
साथी परियारले चिन्तानलिन र आफूले सकेको केहीगर्ने भन्दै सम्झाए । तीनमहिना अघि साथ र हौसलादिएका साथी परियारले तनहुँदमौलीमा रहेकाआफ्नादाजु अमृतमार्फत जेठ २० गते ५ लाख रुपैंयाँ पठाए र विकको हातमानगदै थमाए । ‘मेरो लागि साथी परियारले ठुलो उपकार गर्नु भयो,’ विकले भने, ‘यो भन्दा ठुलो पुन्यको काम के नै हुन सक्ला र ?उहाँलाई धेरै धन्यवादव्यक्तगर्दछु ।’ उक्त रकमहात परेपछि अबउपचार गर्न सकिन्छकी भन्ने आशाजागेको विकको भनाई छ । । रकमबुझ्दै मृगौलाका रोगीविकले विद्यालयमा सँगै पढेका साथीकिसानले यतिका ठुलो रकम सहयोग गर्नुहोलाभन्ने कल्पनापनिनगरेको बताए ।१९गते विहिबार मात्रै दमौली अस्पतालबाट डायलायसिस सेवा शुरु गरेकाविकले उक्त रकम मृगौलाप्रत्यारोपणमा खर्चिने सोंच बनाएको बताए । व्यास ७को वडा कार्यालयमाकार्यक्रम गरी उक्त रकम वडा अध्यक्ष कृष्ण न्यौपाने र अमृत परियारले संयुक्त रुपमाविकलाई प्रदान गरेकाथिए । रकमप्रदानगर्दै वडा अध्यक्षन्यौपानेले साथीको लागि ५ लाख रुपैंयाँ सहयोग जुटाउनु सामान्यनभएको बताए । साथीको कर्तव्य पुरा गर्ने किसानलाई उनले धन्यवादव्यक्त गरे । किसानकादाजु अमृतले सामाजिककार्यमाभाई पहिल्यैदेखि जुट्ने व्यक्तिभएको जानकारी दिए ‘उहाँले यत्ति धेरै रकम पठाउनुहोलाभन्ने सोंचेकाथिएनौं ।’ मृगौलाका रोगीविककीश्रीमतीमनुले भनिन, ‘उहाँहाम्रो लागिभगवान नै हुनुभयो ।’
सयपत्री नेपाली सेवा समाज युके, विश्वकर्मा वेयलफेयर सोसाइटी युके, तीन दोभानतनहूँ समाज युके, वेलायती सेनामाकार्यरत इन्टेक ०३ माकार्यरत प्रहरीहरुले ३३ सय पाउण्ड संकलन गरी पठाएको युकेमा रहेकाकिसानले फेसबुकमार्फत जानकारी दिए । आफू साथीको जीवन रक्षाको लागिजहिल्यै तत्पर रहने समेत उनले जानकारी दिए । मृगौलाका रोगीविकले आफूलाई सहगोग गरी जीवन रक्षागरिदिन सवैमाआग्रह गरेका छन् । उनले सोमबहादुर विकको नाममाकुमारी बैंक दमौलीशाखामा रहेको खातानम्बर ०१४०१०७१९१२००००१ मा रकमजम्मगरिदिई आफ्नो जीवन रक्षागरिदिन सबै मनकारीहरुमाआग्रह गरेका छन् ।