damuli hospatail

२४ मंसिर २०८०, आईतवार

छाब्दी वाराही परिशरमा नयाँ मन्दिर निर्माण

दमौली । छाब्दी वाराही मन्दिरमा नयाँ निमार्ण भएको छ । छाब्दी वाराह्री मन्दिर परिसरमा रहेको प्राचिन दहमा मन्दिर निर्माण भएको छाब्दी वाराही विकास कोषका अध्यक्ष थान बहादुर थापाले बताए ।
काडमाडौं निवासी वाई के पाण्डेको सहयोगमा मन्दिर निर्माण गरिएको अध्यक्ष थापाले बताए । मन्दिरको एक कार्यक्रमको विच शुक्रबार पुर्जा अचाना सहति उद्घाटन गरिएको थियो । ९१ बर्षि बृद्व सिंह बहादुर थापा रोकिमले रिबन काटेर मन्दिर उद्घाटन गरेका थिए । २०७६ सालबाट मन्दिर निर्माण गर्न सुरु गरिएको छाब्दी वाराही विकास कोषका सचिव अनुप आलेले बताए । निर्माण गरिएको मन्दिरमा प्राचीन दहमा रहेको बिभिन्न भगवान अंकित शिलालाई राखिएको आलेले बताए । मन्दिर निर्माणमा करिब १६ लाख २५ हजार रुपायँ खर्च भएको छाब्दी वाराही विकास कोषका लेखा संयोजक बद्रीनाथ तिवारीले बताए ।
छाब्दी वाराही मन्दिर परिसरको प्रचानी दहमा मन्दिर निर्माण राम्रो काम भएको मन्दिरका मुल पुजारी चोल बहादुर आलेले बताए ।
मन्दिर निर्माणका लागि पाण्डेले १५ लाख नगद सहयोग गरेका थिए । काठमाडौं ढुङ्गे अड्डाका पाण्डेले मन्दिरमा बिभिन्न समयमा समेत रकम दान गर्दै आइरहेको विकास कोषका अध्यक्ष थापाले बताए । विकास कोषले शुक्रबार उनलाई बजागाजा सहित स्वागत तथा सम्मान समेत गरेको थियो । छाब्दी वाराही मदिर गण्डकी प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय गन्तब्यको रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala