damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

नयाँ वर्षमा श्रस्टाका रचना वाचन

दमौली । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजना र एपेक्स मल,दमौलीको प्रयोजनमा नयाँ वर्षको अवसरमा ुरचना वाचन तथा शुभकामना आदानप्रदान कार्यक्रमु सम्पन्न गरेको छ।

संस्थाका अध्यक्ष आकाश अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी काशीनाथ न्यौपाने रहनु भएको थियो। कार्यक्रममा नेपाली अङ्ग्रेजी, सांस्कृतिक प्रकाण्ड विद्वान प्रा डा। जयराज आचार्य,भानु साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा डा। वर्त राज आचार्य, विजयराज भट्टराई,काशीराज आचार्य, रंगनाथ पौडेल, ब्रमदत्त तिम्सिना,महाप्रसाद हड्खले, एपेक्स मलका निर्देशक उज्वल भट्टराई, दिपक राज जोशी, अतिन्द्रकेसरी न्यौपाने,गौकुमारी न्यौपाने लगायतका कवि,साहित्यकारको उपस्थिति रहेको थियो।

सात श्रष्ठाका रचना वाचन गरी नयाँ वर्ष मनाउने अभिप्रायले सञ्चालन भएको कार्यक्रममा दिवाकर भट्टराई,श्रीराम भट्टराई, शिब आर्य,शान्ता वास्तोला, बाबुराम सापकोटा, रामकुमार श्रेष्ठ ु फुच्चेु र सन्देश अधिकारीले गीत,गजल,कविता,मुक्तक सुनाएका थिए।

कार्यक्रममा आकाश अधिकारीको लेखन तथा महाप्रसाद हड्खलेको निर्देशनमा नाटक ु समय संवाद ु मञ्चन भएको थियो। नाटकले सडक बालबालिकाको अवस्था र उनीहरूको भविष्यको बारेमा सरोकार वाला निकायले खासै चासो नदिएको, बालबालिकालाई आफ्नो अधिकारबाट समाजले बञ्चित गरेको घटनालाई नाटकमा उतारिएको थियो।
प्रा डा. जयराज आचार्यले तनहूँमा भानुभक्त आचार्य नरहेपनि युवापुस्ताले साहित्यलाई संगै लिएर अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन अञ्जना तिमल्सिनाले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

sukala