images
images
images

आदिकविको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा दिनेश सर्वसम्मत

images

तनहुँ । तनहुँको व्यास नगरपालिका -१ स्थित विज्ञानचौर रहेका आदिकवि भानुभक्त क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलको अध्यक्षमा दिनेश विश्वकर्मा सर्वसम्मतरुपमा चयन भएका छन ।

सर्कलको दोस्रो अधिवेशन तथा साधारण सभाबाट विश्वकर्मालाई अध्यक्षमा चयन गरिएको हो ।

संस्थाको प्रथम उपाध्यक्षमा मिलन तामाङ, द्धितिय उपाध्यक्षमा निशा भण्डारी, सचिवमा सुमन खड्का, सहसचिवमा अलिशा वंशी ठकुरी, कोषाध्यक्षमा रोजिना श्रेष्ठ, बोर्ड सदस्यहरुमा प्रबिना आले, सुन्दर श्रेष्ठ, बुनु सुनाम, निकाश पुरी, विविजान मिया, हरि बहादुर थापा, प्रकाश पौडेल र कविता गैहे चयन भएका छन्।

त्यस्तैगरि ११/१२ उपसमिति संयोजकमा लक्ष्मी रानाभाट, उपसमिति सदस्यहरुमा ममता खड्की, कविता आले प्रजुना श्रेष्ठ र वविता थापा रहेका छन् ।

सर्कलका कार्यवाहक अध्यक्ष दिनेश विकको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम स्वागत मन्तव्य मञ्चका बाेर्ड सदस्य मिलन तामाङले गरेका थिए ।

कार्यक्रम सञ्चालन र प्रगति प्रतिबेदन एवम आयव्यय विवरण सर्कलका सचिव सुमन खड्काले प्रस्तुत गरेका थिए ।

images