images
images
images

आठौं तनहुँ महोत्सव चैत १० देखि सुरु हुने

images

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको आयोजनामा आगामी आगामी चैत १० गतेदेखि चैत २० गतेसम्म हुने भएको छ ।

२०६३ सालदेखि सुरु भएको तनहुँ महोत्सवको यो आठौं संस्करणको हो ।

गत पौष २९ गतेदेखि सुरु हुने भनिएको महोत्सव कोरोनाको कारण स्थगित भएको थियो ।

आठौं तनहँ महोत्सव जिल्लाको व्यास नगरपालिका-३, वि.पि. बनवाटिकाको खुला मैदानमा हुनेछ ।

आयोजकमा जिल्ला समन्वय समिति तनहुँ र व्यास नगरपालिका समेत रहेकोे छ । महोत्सवको सह-आयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई रहेको छ ।

महोत्सवको ५० प्रतिशत स्टल बुक भईसकेको आयोजक तनहुँ उद्योग वाणिज्य संघले जनाएको छ ।

महोत्सव स्थल भित्र स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको संघले जनाएको छ ।

आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रवर्द्धन गर्ने महोत्सवको उद्देश्य रहेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

स्वदेशी तथा विदेशी गरि करिब ५ लाख दर्शकहरूले तनहुँ महोत्सव अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा कुल कारोबार ६ करोड हुने अपेक्षा गरिएको संघले जनाएको छ ।

कुल आम्दानी ८० लाख रुपैयाँ र खुद आम्दानी १५ लाख ३५ हजार हुने अनुमान गरिएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

स्थानीय कलाकारलाई समेत यसपटकको महोत्सव राम्रो स्थान दिइने संघले जनाएको छ ।

स्थानीय व्यवसायी संग छलफल गरेर अगाडि बढ्ने संघका महासचिव सुबोध अधिकारीले जानकारी दिए ।

संघले स्थायी प्रदर्शनी तथा अवलोकन केन्द्र जिल्लाका पालिकाहरु संग समन्वय गरि अगाडी बढाउने जनाएको छ ।

महोत्सव मुल समारोहको संयोजकमा संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, महोत्सवको निर्देशकमा मानकाजि श्रेष्ठ, सचिवालय सुबोध अधिकारी र आर्थिक संयोजमा संघका कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठ चयन भएका छन ।

महोत्सवमा राष्ट्रिय कलाकार शिव परियार, छेवाङ लामा, सविन राई, रचना रिमाल, एलिना चौहान, मिलन अमात्य, ज्योति मगर, प्रीति आले, कला लम्साल लगाएका कलाकार ल्याउने तयारी रहेको छ ।

यस्तै मह्मा २-३ दिन कन्सर्ट समेत गर्ने तयारी आयोजकको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS