तनहुँ । लायन्स क्लब अफ पोखरा हिमालयनले भोलि शनिबार सरस्वती सदन माध्यमिक विद्यालयमा बृहत आँखा तथा स्वास्थ्य शिविर गर्ने भएको छ ।
जिल्लाको भानु नगरपालिका-५ स्थित विद्यालयमा उक्त शिविर गर्न लागेको क्लबले जनाएको छ ।
आँखा राेग, मुटु राेग, ग्यास्ट्रिक, ढाड तथा नशा लगायतका समस्या भएका बिरामीहरुलाई शनिबार बिहान ९ बजेदेखि लायन्सले सेवा दिन लागेको सरस्वती सदन माविका प्रधानाध्यापक बाबुराम रानाभाटले जानकारी दिए ।
उनले भने ‘विद्यालयमा संचालन हुने नि:शुल्क शिविरमा आई बढि भन्दा बढि फाइदा लिनुुहुन सम्पूर्ण मा हार्दिक अनुराेध छ ।’
टाेलमा रहेका बिरामीलाई समयमै उपस्थिति गराई सहयाेग गरिदिन समेत प्रअ रानाभाटले शिक्षक, विद्यार्थी र अभिभावकलाई अनुरोध गरेका छन ।
उक्त शिविरमा हिमालयन आँखा अस्पताल पोखरा, मेधा कार्डिक केयर एण्ड डाइग्नोस्टिक सेन्टर पोखरा र पद्म नर्सिङ होम पोखराको प्राविधिक सहयोग रहेको छ ।