तनहुँ । गण्डकी प्रदेश सरकारले ग्याल्पो ल्होसारको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको पहिला गरेको निर्णय अनुसार भोलि सार्वजनिक बिदा दिने दिएको हो ।
बिहिबार प्रदेश सरकार मातहातका सबै सरकारी कार्यालय, शिक्षणसंस्था, बैङ्क तथा वित्तीय संस्था बन्द रहनेछन ।
तीन प्रकारका ल्होसारहरु मध्ये हिमाली तथा पहाडको माथिल्लो क्षेत्रका समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ ।
तथापि यस ल्होसारमा अन्य समुदायहरुको पनि सक्रिय सहभागिता भएको पाईन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङेली र मनाङेली लगायत अन्य धेरै समूदायको साझा चाड ल्होसार हो ।
हिमाली क्षेत्रमा बसोवास गर्ने शेर्पा समूदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । ग्याल्पो ल्होसारलाई ह्याल्मो ल्होसार पनि भन्ने गरिन्छ, तर दुवैको अर्थ भने एकै हो ।