![](https://i0.wp.com/udghoshnews.com/wp-content/uploads/2022/02/IMG-received_1105551830005883.jpeg?fit=960%2C720&ssl=1)
तनहुँ । क्षेत्रीय हाेटल संघ तनहुँकाे अध्यक्षमा जीवन शाही सर्वसम्मत चयन भएका छन् । संघको बिहिवार सम्पन्न अधिवेशनले शाहीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे ।
संघको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा चन्द्रकुमार कायस्थ र विपिन प्रधान, महासचिवमा रामचन्द्र खड्काज कोषाध्यक्षमा विज्ञान कैनि र सचिवमा सुनिता पन्थ चयन भएका छन ।
यसैगरी संघको सदस्यहरूमा लक्ष्मण जाेशी, गणेश खत्री, सुनिल खड्का, सुरज गुरूङ, बिनिता सेढाई क्षेत्री, सुजना श्रेष्ठ, भावना अधिकारी, इश्वर लामिछाने र सुनिल बहादुर अधिकारी रहेका छन् ।
संघको नवाैं अधिवेशन तथा साेर्हाैं वार्षिक साधारण सभाकाे हाेटल एसाेसिएसन नेपाल हानका वरिष्ठ उपाध्यक्ष विनायक शाहले उद्घाटन गरेका थिए ।
कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि शाहले पर्यटन व्यवसाय सँग जाेडिएकाे हाेटल व्यवसाय भएको बताए । पर्यटन क्षेत्रकाे विकास र उत्थानका लागि हाेटल एसोसिएसन नेपाल (हान) जिल्ला सँग हातेमालो गरेर अगाडि बढ्न तयार रहेको शाहको भनाइ थियो ।
कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, क्षेत्रीय हाेटल संघ तनहुँका सल्लाहकार एवम् चेम्बर अफ तनहुँका अध्यक्ष महेन्द्र माेहन भट्टराई, हानका केन्द्रीय सदस्य युवराज श्रेष्ठ, लव कार्की, चन्द्रकुमार कायस्थ, विकास खनाल, कमलामाेहन वाग्ले, चन्द्र माेहन अधिकारी, रामचन्द्र खड्काज शंकर अधिकारी, युद्ध बहादुर पन्त, राजकुमार श्रेष्ठ लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संघले विधान परविर्तन गरि क्षेत्रीय हाेटल संघ तनहुँलाई हाेटल संघ तनहुँ बनाइएको संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विकास खनालले बताए ।