
तनहुँ । मगर दिवसको अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै आगामी फागुन १५ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
आइतबार पालेका भित्रका सम्पुर्ण सरकारी कार्यालय संघसंस्था, शिक्षण संस्था बन्द रहने म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी राना जानकारी दिईन ।
म्याग्दे गाउँपालिकामा मगर जातिको बसोबास उल्लेख्य रहेको छ । मगर जातिको दिवसमा सम्मान स्वरुप बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।