images
images
images

बिमलनगरको चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना

images

तनहुँ । तनहुँकाे बिमलनगर चुनपहरामा विश्वकर्मा बाबाकाे मुर्ति स्थापना गरिएकाे छ ।

पृथ्वीराजमार्गकाे बिमलनगर र नयाँपुलकाे बिच भागमा पर्ने अत्यन्तै रमणीय स्थलकाे रुपमा परिचित चुनपहराकाे आकर्षक स्थलमा विश्वकर्मा बाबाकाे मुर्ति प्रतिस्थापना गरिएकाे चुनपहरा प्रकृतिक रमणीय स्थल संरक्षण समितिका अध्यक्ष एवं बन्दिपुर ४ का वडाअध्यक्ष हरेराम थापाले जानकारी दिए ।

उक्त ठाउँ व्यवस्थापन, मुर्ति र घण्टीका लागि करिब ५ लाख ६१ खर्च भएकाे समितिका सचिव भानुभक्त थापाले जानकारी दिए ।

उनका अनुसार बन्दीपुरका समाजसेवी सन्तकुमार श्रेष्ठले ३ लाख ६१ हजार सहयाेग गरेका छन । साथै श्रेष्ठले भुईमा स्लेट बिच्छ्याउन थप ३५ हजारकाे खर्च ब्यहाेर्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

यस्तै बन्दिपुर केवलकार प्रालिले २ लाख रुपैंया खर्च गरेकाे समितिकी काेषाध्यक्ष बबिता थापाले जानकारी दिइन ।

कार्यक्रममा सहयाेगदाताहरु सन्तकुमार श्रेष्ठका ज्वाइँ बिकास श्रेष्ठ र बन्दिपुर केवलकार प्रालिका तारानाथ उपाध्यक्षले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

यसैबीच गाेरखा क्षेत्र नं. २ ख का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले विश्वकर्मा बाबाकाे मुर्तिमा पुजा गरेका थिए ।

काँग्रेस संसदिय दलका प्रवक्ता समेत रहेका दवाडीले साेही स्थानमा निर्माणकाे क्रममा अलपत्र रहेकाे जनजाती संग्राहलयकाे पनि अवलाेकन गरेका थिए । साे अवसमा चुनपहरा संरक्षण समितिका कार्यबाहक अध्यक्ष बेनीबहादुर थापा, सीता थापा, टिकाराम लामिछाने, सुरज जाेशी लगाएतकाे पनि सहभागिता रहेकाे थियाे ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS