images
images
images

ढोरबाराही मन्दिर भक्तजनका लागी खुल्ला

images

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल ढोरबाराही मन्दिर भक्तजनका लागि खुल्ला भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको निर्णय अनुसार गत माघ ७ गतेदेखि बन्द भएको मन्दिर भक्तजनका लागि आइतबारदेखि खुल्ला गरिएको छ ।

मन्दिर भक्तजनका लागि भाकल तथा दर्शनमा प्रवेश निषेध गरिए पनि दैनिक नित्यपुजा भने गरिदै आएको थियो ।

स्वास्थ्य सुरक्षाका सबै किसिमका मापदण्डहरु पालना गर्ने गरी जिल्ला प्रशासनबाट निर्देशन भएअनुसार भक्तजनका लागि मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी चिरञ्जीवी लम्सालले जानकारी दिए ।

उनले भने ‘मन्दिर प्रवेशका लागि अनिवार्य माक्स, भिड नगर्न र भौतिक दुरी कायम गर्न भनिएको छ ।’ यस मन्दिरमा तनहुँसँगै कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत जिल्लाहरुबाट भक्तजन आउने गरेका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS