images
images
images

मनकामना मन्दिरमा फागुन १ देखि नियमित पूजा हुने

images

गोरखा । जिल्ला प्रशासन कार्यालयले कोरोनाका कारण जारी स्मार्ट लकडाउन थप खुकुलो पारेसँगै मनकामना मन्दिरको नियमित पूजा हुने भएको छ । मनकामना दर्शन प्रालिले प्रशासनको सूचनाअनुसार फागुन १ बाट मनकामना मन्दिरमा पूजा नियमित हुने र सोहीअनुसार केबलकार पनि सञ्चालनमा आउने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय गोरखाले मंगलबार एक सूचना जारी गर्दै फागुन १ गते देखि मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा गर्न छुट दिएको छ ।

जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड १९ को लक्षण देखिएमा अनिवार्य रूपमा पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिन पछि कोभिड १९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने प्रशासनले भनेको छ । सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रशासनले निर्णय गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS