तनहुँ । सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धिको विरोधमा राष्ट्रिय युवा संघ तनहूँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेका छन् ।
मुल्यबृद्धिको विरोधमा युवाहरुले अनसन चोकदेखी ट्राफिक चोकसम्म आफ्नो सवारी साधन डोहो¥याएका थिए ।
युवाहरुले मुल्य बृद्धी फिर्ता गर, भ्रष्टाचारको छानविन गर, स्थानीय निर्वाचनको मिति तत्काल घोषणा गर, २४ लाख खोप हराएको घटनाको निष्पक्ष अनुसन्धान गर जस्ता नारा लगाएका थिए ।
विरोध प्रर्दशन पछि आयोजित कोणसभामा राष्ट्रिय युवा संघ तनहूँका संयोजक मदन तिमल्सेना र सचिव बसन्त पौडेलले सरकारले देशको अर्थतन्त्र टाँट पल्टाएको भन्दै भ्रष्टाचारको घटनाको छानविन गर्नु पर्ने तथा हालै बढाईएको मुल्यबृद्धी तत्काल फिर्ता लिनु पर्ने बताएका थिए ।