तनहुँ । तनहुँमा भोलि बुधबारदेखि कोरोना विरुद्धको बुस्टर डोज खोप लगाइने भएको छ ।
सोमबार बसेको खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकको निर्णय अनुसार पहिलो खोप २०७७ माघ १४ गतेदेखि चैत मसान्तसम्म लगाएका साथै दोस्रो मात्रा खोप लगाइ ६ महिना पूरा भएकालाई बुधबारदेखि बुस्टर मात्रा खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
अग्रपङ्क्तिमा खटिएका तथा सार्वजनिक सेवामा खटिएका व्यक्तिहरुलाई बुस्टर डोज दिइने जिल्ला स्वास्थ्य कार्यालय तनहुँका खोप अधिकृत शंकरबाबु अधिकारीले जानकारी दिए ।
उनका अनुसार भोलि माघ ५ गते स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, एम्बुलेन्स/ शव वाहन चालकलाई, माघ ६ गते जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीलाई र जनप्रतिनिधिलाई, माघ ७ गते सुरक्षा निकाय, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी, पत्रकार र सार्वजनिक फोहर सरसफाईकर्मी, सार्वजनिक यातायातका चालक र सहचालकलाई बुस्टर डोज खोप दिइनेछ । हेर्नुहोस लिष्ट :