images
images
images

व्यासका सामुदायिक सिकाइ केन्द्रहरुलाई कदरपत्र प्रदान

images

तनहुँ । तनहुँको व्यास नगरपालिका भित्र संचालित ८ वटा सामुदायिक सिकाइ केन्द्रलाई सोमबार कदरपत्र प्रदान गरिएको छ । वडा भित्रका निरक्षर व्यक्तिहरुलाई साक्षर गराउन सफल ति सिकाइ केन्द्रलाई कदरपत्र प्रदान गरिएको हो ।

समुदाय भित्र रहेका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउन उल्लेखनीय भूमिका निभाएको भन्दै ति सामुदायिक केन्द्रलाई कदरपत्र प्रदान गरिएको व्यास नगरपालिका शिक्षा शाखाका प्राविधिक सहायक किशोर बास्तोलाले बताए ।

केन्द्रका अध्यक्ष र सहजकर्तालाई कदरपत्र प्रदान गरिएको उनले जानकारी दिए । व्यास नगरपालिकाकी उपप्रमुख मिरा जोशीले सिकाइ केन्द्रलाई कदरपत्र प्रदान गरिन । सो अवसरमा बोल्दै उनले वडाभित्र रहेका निरक्षर व्यक्तिहरुलाई साक्षर बनाउने काम सिकाइ केन्द्रले गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताइन ।

सिक्न नपाएका व्यक्तिहरुलाई यस केन्द्रले सिकाउने काम गरेको जानकारी उनले दिइन । कार्यक्रममा व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मी, शिक्षा अधिकृत नविन पराजुली लगायतकाले सिकाइ प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताए ।

images