images
images
images

विद्यार्थीलाई शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण

images

तनहुँ । तनहुँको व्यास नगरपलिका वडा नं.११ स्थित अंमरसिह मावि धरमपानी र सुर्यदय प्रावि राम्चेका छात्र छात्रालाई सृजनशील बालविकास कार्यक्रम पोखरा कास्कीले शुक्रबार न्यानो कपडा स्वीटर वितण गरेको छ ।

अंमर सिंह मावि का वि.व्या स अध्यक्ष गंगा बहादुर घर्तीको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथी वडा न ११ का वडा सदस्य हेरम्ब जंग अधिकारीले विद्यालयलाई गरेको सहयोग सराहनीय भएको बताउदै यस्तो सहयोगले बालबालिकाको पढाइमा सहयोग पुगेको बताए ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष धनुगीरीले विद्यार्थीलाई जाडोको मौसममा न्यानो कपडा सहयोग गर्न पाउदा बालबालिकालाई शिक्षामा गुणस्तर वृद्धी हुने कुरा बताए । सो कार्यक्रममा संस्थाका निर्देशक शंकर पन्त, सुपरभाईजर नवराज गिरी, पूर्व अध्यक्ष संजय श्रेष्ठ, विद्यालयका प्रधानाध्यापक बाबुराज वाग्ले लगाएतकाले सहयोगी संस्था प्रति धन्यवाद ब्यक्त गरेका थिए ।

त्यस्तै गरी सुर्यदय प्रावि राम्चेका प्रअ रश्मी थापाले पनि आफ्नो विद्यालयका ३० जना विद्यर्थीहरुलाई स्वीटर साथै शैक्षिक सामग्री प्रदान गर्नु भएकोमा संस्था प्रति धन्यवाद ब्यक्त गरिन । कार्यक्रमको सहजीकरण शिक्षक दलबहादुर थापाले गरेका थिए भने कार्यक्रममा पिटिए अध्यक्ष पदम मस्राङ्गी, समाजसेवी कृष्ण् गुरुङ, सरिता गौली लगाएतको सहभागीता रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS