images
images
images

बन्दिपुरमा साँढे ३ करोड लगानीमा सुविधा सम्पन्न होटल र फनपार्क निर्माण, फनपार्क आजदेखी संचालनमा (तस्बिर सहित)

images

तनहुँ । बन्दिपुरमा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई लक्षित गरि करिब साँढे ३ करोडको लगानीमा सुबिधा सम्पन्न होटल र फनपार्क निर्माण गरिएको छ ।

सभा सेमिनार, मनोरनजन, स्वादिष्ट खानपान र आरामदायी बसोबास लाई लक्षित गरि जिल्ला मै फरक खालको सबै सेवा सुबिधा भएको होटल संचालन गर्न लागेको होटल द रेड हाउसका संचालक कमल पौडेलले बताए ।

बालबालीका तथा युवायुवतीहरुलाइ लक्षित गरी आज शुक्रबारदेखी फनपार्क संचालमा ल्याइएको छ । फनपार्कमा बाल उद्यान, स्विङ (पिङ) गार्डेनमा फोटो खिच्नको लागी आर्कषक डिजाइनहरु सहित छुट्टै रेष्टुरेण्ट तयार गरिएको छ ।

 

यस्तै २० वटा सुविधासम्पन्न कोठा अनि ८० जना क्षमताको सेमिनार हल सहितको होटल केही दिन भित्र संचालन गर्ने तयारी भैरहेको र बन्दिपुर आउने पाहुनालाई आफ्नो होटलमा नयाँ स्वाद दिएर सन्तुष्ट पार्ने लक्ष्य रहेको पौडेलले बताए । होटलमा २४ सै घण्टा तातो चिसो पानी एसि सहित प्रत्येक कोठामा टेलिभिजन फ्रि वाईफाइ सेवा समेत हुनेछ ।

विदेशमा मनोरञ्जनका लागि प्रसस्त स्थानहरुको व्यवस्था गरिएतापनि नेपालमा त्यस्तो संस्कृतिको विकास नभएको भन्दै मानवीय जीवनमा मनोरञ्जन आवस्यक्ता परीपुर्ति गर्ने सोंच अनुरुप फनपार्क संचालनमा ल्याइएको अर्का संचालक राजिव श्रेष्ठको भनाइ छ ।

स्थानीय परीकारहरु, स्थानीय उत्पादन, आन्तरीक पर्यटनको प्रबद्र्धन तथा बन्दिपुर क्षेत्रको पहिचानका लागि फनपार्क संचालनमा ल्याइएको उनले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS