दमौली, २३ मंसिर ।
म्याग्दे गाउँपालिका वडा नं ६ स्थित बेलौते खानीखोला आमा समुहको नवनिर्मित भवनको बिहीबार उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले एक कार्यक्रमका बीच भवनको उद्घाटन गर्नुभएको हो । आशा कोइरालाले साँसद कोषबाट रु.दुई लाख र आमा समुहको करिब रु.चार लाख गरी कूल रु.६ लाखको लागतमा भवन निर्माण गरिएको हो ।
भवन निर्माणको लागि स्थानीय पूर्णिमा परियारले रु.दश लाख मूल्य बराबरको पाँच आना जग्गा उपलव्ध गराएपछि भवन बनाउन आमाहरु सक्रिय भएर लागेका हुन् । उक्त कार्यक्रममा नेकाँका प्रतिनिधी जुक्तराज वाग्ले,एमालेका हरिबहादुर थापा,नेकपा माओवादी केन्द्रका म्याग्दे गाउँपालिकाका अध्यक्ष डिलबहादुर नेपाली,सचिव बालकृष्ण श्रेष्ठ,म्याग्दे ३ का वडाध्यक्ष बसन थापा,नेकपा माओवादी केन्द्रका वडाध्यक्ष प्रकाश भण्डारी वक्ताहरुले आ आफ्ना धारणा राख्नुभएको थियो ।