images
images
images

दमौली पाटन महोत्सवको तयारी तिव्र: २४ गतेदेखि सुरु हुँदै, श्रममन्त्री श्रेष्ठले उद्घाटन गर्ने

images

तनहुँ । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सव २०७८ को तयारी ७० प्रतिशत पूरा भएको आयोजकले जनाएको छ । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले महोत्सवको तयारी ७० प्रतिशत पूरा भएको बताए ।

यही मंसिर २४ देखि पुस ३ गतेसम्म हुने महोत्सवका लागि प्रचारप्रसारको कार्य तिब्र रुपमा भइरहेको जानकारी उनले दिए । व्यास ५ को तल्लो पाटनमा हुने उक्त महोत्सव स्थललाई झकीझकाउ पार्ने काम भइरहेको उनले बताए ।

महोत्सव भव्य रुपमा सम्पन्न गर्न पाटनका बासिन्दाहरु एक भएर लागेको जानकारी सचिवालय संयोजक दिनेश लामिछानेले दिए । ३ वटा ठाउँमा गेट निर्माण गर्ने, पोष्टर पम्पलेटिङ गर्ने, माइकिङ गर्ने, काम भइरहेको महोत्सवका मूल संयोजक एवं सल्लाहकार पवन चुमी थापा मगरले बताए ।

महोत्सवका लागि कलाकारहरुको टुंगो लागिसकेको अजित राइले बताए । महोत्सव स्थलमा दर्शकको सुविधाका लागि २ वटा बसको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

दमौली पाटन सांस्कृतिक महोत्सवले यस क्षेत्रमा पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने कलाकार बिन खातीले बताए । महोत्सवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS