images
images
images

भानुभक्त आचार्यको जन्मस्थलमा भानुभक्तको विश्वकै ठुलो सालिक बनाइने

images

तनहुँ । आदिकवि भानुभक्त आचार्यको विश्वकै ठुलो सालिक बनाइने भएको छ ।

आदिकवि आचार्यको जन्मस्थल शिखर कटेरीमा विश्वकै ठुलो सालिक बनाउने इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिए ।

नेपाली भाषा, संस्कृति र कलालाई अमेरिकामा रहेर पनि माया गरिरहेको अध्यक्ष डिल्ली अधिकारीले बताए । सो फलस्वरुप आदिकवि भानुभक्त आचार्यको विश्वकै अग्लो मुर्ति बनाउन लागेको उनले बताए ।

उनले अगाडि भने ‘सामाजिक सेवा, भाषा संस्कृति र कलाको संरक्षण गर्ने उद्देश्यले नेपाल आएका हौ ।’

नायक दिलिप रायमाझीले कलाकारिताको जन्म चुदि रम्घाबाट सुरु भएको बताए । चुदि बत्ती मुनिको अध्यारो भएको नायक रायमाझीले बताए । विश्वकै ठुलो सालिक बनेपछि चुदि रम्घा साहित्यिक पर्यटकी स्थल हुने उनले बताए ।

कार्यक्रममा एकीकृत समाजवादी भानुका अध्यक्ष ऋषिराम पन्थ, नेपाली काङ्ग्रेस भानु नगरपालिकाका सभापति राम कुमार श्रेष्ठ, मोडल शंकर बिसि, कलाकार करिश्मा ढकाल, भानु-४ का वडाअध्यक्ष पुर्ण बहादुर लौडारी लगाएतको उपस्थिति रहेकोे थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS