images
images
images

करका दर भन्दा दायरा बढाउनु पर्ने अवस्था छ–प्रजिअ आर्याल

images

तनहुँ, १ मंसिर
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्व प्रकास आर्यालले करका दर भन्दा दायरा बढाउनु पर्ने अव्यवस्था रहेको बताएका छन् । करका दर भन्दा दायरा बढाउँदा नै कर संकलन प्रभावकारी रहने समेत अर्यालले बताए । राष्ट्रिय कर दिवस कर सप्ताहको उद्घाटन कार्यक्रममा बोल्दै प्रजिअ अर्यालले सो कुरा बताएका हुन् । प्रजिअ अर्यालले कर छल्नेलाई सामुहिक प्रयासबाट निरुत्साहित गर्न आवश्यक रहेको समेत बताउँदै कर सप्ताह सफल बनाउन सबैमा अग्रह समेत गरे । कार्यक्रममा तनहुँ उद्योग वाािण्न्य संघका प्रथम उपाध्यक्ष इमकुमार मल्ल,चेम्मर अर्फ कर्मसका उपाध्यक्ष कृष्ण अचार्य लगायतले शुभकामना मन्त्ब्य राखेका थिए । कार्यक्रममा
कार्यक्रममा उत्कृष्ट करदाता र कार्यालयको कर्मचारी उत्कृष्ट सम्मानित गरिएको थियो ।
उत्कृष्ट करदातामा सबैको लघुवित्तका केशव पौडेल र कार्यालयको उत्कृष्ट कर्मचारीको रुपमा विनिता रानाभाटलाई सम्मानित गरेको थियो ।
कार्यक्रममा आन्तरीक राजश्व कार्यालय तनहुँका प्रमुख डा. नारायण ढकालले कर संकलन प्रणालीको बारेमा बताएका थिए । उद्योगी व्यवासयी मात्र नभएर आम नागरिकले कर दिने हुँदा नागरिकमैत्री भएर कर संकलन गरिने ढकालले बताए । कार्यक्रममा जिल्लाका बिभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
कर सप्ताह
नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा १० वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ। नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो। २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषदको बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरुप नै यो दिवस मनाउन लागिएको हो।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS