तनहुँ । हरिबोधनी एकादशीको अवसरमा तनहुँका दुई नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका छन् ।
व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकाले हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
व्यास र शुक्लागण्डकी नगरपालिकाद्वारा जारी विज्ञप्तीमा सोमबार नगरपालिका मातहतका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था-अति आवश्यक सेवा बाहेकका) र शैक्षिक संस्था बन्द हुने उल्लेख छ ।
















