काठमाडौ । गत साउनमा अमेरिका र नेपालको पोखरा, भिमाद लगाएतको ठाँउमा छाँयाकन भएको चलचित्र ‘लाइफ इन एलए’को प्रिमियर शो अमेरिकाको लस एन्जलस शहरको एक हलमा रेड कार्पेटसहित शो हुने भएको छ ।
सूर्य एन श्रेष्ठ निर्देशित चलचित्रमा शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, प्रविन खत्रीका साथै अमेरिकाका कलाकार जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल, संचारकर्मी विष्णु गौतम लगायतको पनि अभिनय छ ।
अमेरिकामा बसोबास गर्ने नेपालीहरुको कथामा निर्माण भएको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अन्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्मातामा छन् र प्रदिप आचार्य पोष्ट प्रडक्सन म्यानेजर रहेका छन ।
भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी, एलिस कार्कीको संगीत, क्रिस वारेन र एडवर्ड उकेन (अमेरिका) र बाबु श्रेष्ठ (नेपाल) को छायांकन छ । निर्माण टिमले दुईवटा गीत सार्वजनिक गरिसकेको छ ।
फिल्मीको पहिलो प्रदर्शन नोभेम्बर १३ मा लश एन्लसमामा हुनेछ र अमेरिकाको विभिन्न शहरका प्रदर्शन भएपछि नेपालमा भने माघ प्रर्दशन गर्ने तयारी गरेको कार्यकारी निर्माता अन्जान संसार सुवेदीले जानकारी दिए ।















