images
images
images

देवघाटलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउँछौं : मुख्यमन्त्री पोखरेल

images

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देवघाट क्षेत्रलाई वैदिक शिक्षा अनुसन्धानको केन्द्र बनाउने बताएका छन् ।

धार्मिक पर्यटन, शिक्षा र अनुसन्धानको थलोका रुपमा देवघाटलाई अगाडि बढाउन प्रदेश सरकारले सघाउने उनले बताए ।

तनहुँको देवघाट गाउँपालिका ५ स्थित बज्रयोगिनी माविको ६१ औं वार्षिकोत्सव समारोहमा बिहीबार मुख्यमन्त्री पोखरेलले सो धारणा राखेका हुन् ।

गण्डकी प्रदेशको विकासको आधार भनेकै त्रिवेणी, देवघाट हुँदै मुक्तिनाथ हो भन्दै उनले कालीगण्डकी करिडोर र शालिग्राम मार्गलाई पूर्णता दिने गरी काम भइरहेको जानकारी गराए ।

देवघाटमा लामो समयदेखि सुकुम्वासी समस्या रहेकोबारे आफू जानकार रहेको भन्दै उनले यो सरकारले भूमिहीनलाई लालपूर्जा दिलाउने आश्वासन दिए ।

मुख्यमन्त्री पोखरेलले बिहीबार साँझ नै देवघाटमा रहेका संस्कृत विद्यापीठको अवलोकन गरी त्यहाँको बस्तुस्थितिबारे जानकारी लिएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS