images
images
images

थानिमाई मन्दिरमा ९२ वटा फूलको डोली भित्रिए, ८ हजारभन्दा बढी भक्तजनद्वारा मन्दिरको दर्शन

images

तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक चौथो हप्ताको मंगलबार ९२ वटा फूलको डोली भित्रिएका छन् ।

तनहुँसंगै लमजुङ, गोरखा, चितवन, काठमाडौबाट समेत गरि ९२ वटा फूलका डोली भित्रिएका हुन् । डोलीसँगै ८ हजार २ सय ८० जनाको हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।

साथै सोमबार राती २०५ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए ।

आ-आफ्नो मनोकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरि डोली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।

थानि माई मन्दिरमा भक्तजनकोहरुको भिड बढ्न थालेको छ । श्रावण महिना बाहेक प्रत्येक महिनाको पहिलो मंगलबार विशेष पुजाआजा हुने यस मन्दिरमा पछिल्लो समयमा भक्तजनहरुको भिड बढ्न थालेको हो ।

विशेष गरी सत्यनारायण पुजाको विसर्जन गर्नका लागि फुलका डोली सहित थानिमाई मन्दिरमा पुग्नेहरु अत्याधिक रहेको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष थापाले बताए ।

यस मन्दिरमा सन्तान प्राप्ति, हराएका परिवारका सदस्य फेला पार्न, जागिर खान लगायतका भाकलसहित देशका विभिन्न स्थानबाट भक्तजनहरु पुग्ने गरेका छन् । मन्दिर जिल्लाको डुम्रेबजार स्थित पृथ्वीराज मार्गबाट १८ किलोमिटरको दुरीमा रहेको छ ।

झण्डै ४५० वर्ष अघि भानु नगरपालिकाको वडा न ७ स्थित कोटथोकमा एकजना महिला र बच्चा हाल मन्दिररहेको स्थानमा बास बसेको र सोही रात भयानक आँधीबेहेरीले जनधनको क्षति भएको जानकारहरु बताउँछन् । सोही स्थानका स्थानीय मान सिं पाटा मगरको सपनामा मन्दिर बनाएर पुजा गर्नुपर्ने सुझाव पाएर मन्दिर स्थापना पश्चात समस्या समाधान भएको किंवदन्ती रहेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS