images
images
images

तनहुँमा राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

images

तनहुँ । तनहुँमा राती १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाईने भएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँले मंगलबार एक सुचना प्रकाशन गरि स्वास्थ्य सुरक्षा मापदण्डको पुर्ण पालना गरि राती १० बजेसम्म मात्र देउसी भैलो खेल्न जिल्लावासीलाई अनुरोध गरेको छ ।

जिल्लामा हालसम्म पनि कोभिड संक्रमणको जोखिम कायमै रहेको हुँदा नजिकिँदै गरेको तिहार र छठ मनाउने सन्दर्भमा जोखिमबाट बच्दै चाडपर्व मनाउन र आफ्ना दैनिक क्रियाकलाप सुचारु गर्न प्रशासनले अनुरोध गरेको हो ।

चाडपर्व मनाउँदा अनावश्यक यात्रा नगरी आफ्ना परिवारका सदस्यहरु विच मात्र घरै मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालद्वारा जारी सुचनामा जिल्ला भित्र कुनै पनि प्रकारका मेला, महोत्सव तथा अन्य अनावश्यक भिडभाड हुने कार्यक्रम नगर्न, जुवातास लगायत कानुनले निषेध गरेका कार्यहरु नगर्न पनि अनुरोध गरिएको छ ।

साथै सार्वजानिक सवारी, उद्योग व्यवसाय तथा मठ मन्दिरहरुमा स्वास्थ्य सुरक्षाको कडाइका साथ पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS