तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं ७ बसन्तपुर स्थित थानीमाई मन्दिरमा कार्तिक तेस्रो हप्ताको मंगलबार २८ वटा फूलको डोली भित्रिएका छन् ।
तनहुँ , लमजुङ लगाएत काठमाडौं , कास्की, चितवनबाट समेत गरि २८ वटा डोली भित्रिएका हुन् भने डोली सँगै करिब २ हजार ७ सयको हाराहारीमा भक्तजनले मन्दिरमा दर्शन र पूजाआजा गरेका थानिमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिए ।
साथै सोमबार राती ६५ जना भक्तजनले रातभर जाग्राम बसी बत्ती बालेका थिए ।
आ-आफ्नो मनोकाँक्ष पूरा हुने विश्वासका साथ मन्दिरमा भाकल गरि डोली लाने र मन्दिरमा पूजाआजा गर्ने चलन छ ।