images
images

नहुने कुरा बोल्दिन, बोलेका काम पुरा गर्छु : श्रममन्त्री श्रेष्ठ

images

तनहुँ । श्रम, रोजगार, तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफुले बोलेका काम पुरा गर्ने बताए ।

सो कुरा श्रममन्त्री श्रेष्ठले सोमबार नेकपा (एकीकृत समाजवादी) व्यास ११ र निर्बु बराहखोला टोल विकास संस्थाले गरेको स्वागत, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बताएका हुन ।

पुरा नहुने कुरा नबोल्ने श्रममन्त्री श्रेष्ठले सो क्रममा बताए ।

बेरोजगार युवालाई रोजगार र विदेश जान चहानेलाई सहज तरिकाले धेरै आम्दानी हुने देशलाई पठाउन सहयोग गर्ने श्रममन्त्री श्रेष्ठले बताए ।

कम्युनिष्ट पार्टी एक भए ५० वर्ष सत्तामा रहने श्रममन्त्री श्रेष्ठले बताए ।

पार्टी सबै संग सल्लाह गरेर चलाउनुपर्ने श्रममन्त्री श्रेष्ठले बताए । तर केपि ओलिले एकलौटी पाराले पार्टी चलाएको श्रममन्त्री श्रेष्ठको आरोप छ ।

श्रममन्त्री श्रेष्ठले प्रश्न गरे ‘पटकपटक संसद विघटन गर्नेलाई किन भोट हाल्ने ?’ उनले थपे ‘एमालेहरु कसरी जनताको माझ जान्छ्न ?’

बराहखोला आमा समुहले समेत श्रममन्त्री श्रेष्ठलाई सम्मान गरेको थियो ।

कार्यक्रममा बहारा मन्दिरको संरक्षण गर्न, सडक ग्राभेल र पक्की नालीलाई लगाएतका माग श्रममन्त्री श्रेष्ठ सामु स्थानीयले राखेका थिए ।

त्यस्तै खानेपानीको ट्याङ्की लगाएतका समस्या श्रममन्त्री समक्ष राखेका थिए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, पार्टीका जिल्ला अध्यक्ष शंकरनारायण श्रेष्ठ, पार्टीका जिल्ला सचिव श्रीराम कार्की लगाएतले बोलेका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS