images
images
images

तनहुँकाे आँदिमुल मन्दिरमा ठुलो एकादशी मेला लाग्ने

images

तनहुँ । तनहुँकाे आँदिमूल मन्दिरमा यसवर्ष ठूलाे एकादशी मेला लाग्ने भएकाे छ । मन्दिरमा पृथ्वी राजमार्गको सत्रसय र याम्पाफाँटबाट करिब ४० मिनेटकाे पैदल दुरी र २० मिनेटकाे सवारीसाधनबाट पुग्न सकिन्छ ।

आँदिमूल बाराही देबी मन्दिरमा यस वर्ष मेला लाग्ने वडाअध्यक्ष किसन थापाले जानकारी दिए ।

जिल्लाकाे आँबुखैरेनी गाउँपालिका वडा नं. १ मा रहेकाे आँदिमुल (आँदिबराही ) मन्दिरमा गतवर्ष मेला लागेको थिएन । हरेक ठूलाे एकादशीका दिन हजाराैंकाे संख्यामा भक्तजन र मेला भर्नेकाे भिड लाग्ने गरेकाेमा काेराेना भाईरसकाे त्रास रहने हुँदा गतवर्षकाे मेलाकाे आयाेजना गर्न राेक लगाईएको थियो ।

उक्त मन्दिरमा ठूलाे एकादशीका दिन टाढा-टाढाबाट बाजागाजा सहित फूलकाे डाेली भित्र्याउने चलन छ । यस वर्ष भने कोरोनाको असर न्यून देखिएकाले मेला लाग्न लागेको आँदिमुल मन्दिर संरक्षण समितिका अध्यक्ष पदमराज अधिकारीले बताए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS