images
images
images

भगवतीपानी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन गुरुयोजना आवश्यक : श्रममन्त्री श्रेष्ठ

images

तनहुँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ऐतिहासिक भगवतीपानी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीय स्थल बनाउन गुरुयोजना आवश्यक रहेको बताएका छन् ।

तनहुँको व्यास नगरपालिका-११ स्थित भगवतीपानी मन्दिरको अवलोकनको क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । “भगवतीपानीको विकासका लागि छिटो गुरुयोजना बनाउनुस् ।’ मन्त्री श्रेष्ठले भने ‘बजेट विनियोजन र अध्ययन अनुसन्धान लागि म सम्बन्धित मान्छे पठाउछु ।’

गतवर्षदेखि भगवतीपानि मन्दिर दर्शन गर्न आउन थालेको मन्त्री श्रेष्ठले बताए ।

सो मन्दिर तीन सय वर्ष पुरानो भएको मन्दिरमा भाकल गरेपछि मनोकाक्षा पूरा हुने विश्वास रहेको भगवतीपानी देवस्थल संरक्षण समितिका सचिव श्यामकुमार श्रेष्ठले जानकारी दिए । सोही क्रममा सचिव श्रेष्ठले मन्दिर पुनर्निर्माणका लागि बजेट विनियोजन गरिदिन मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।


यसैगरी श्रममन्त्री श्रेष्ठले बिहीबार जिल्लाको व्यास नगरपालिका-४ स्थित तनहुँ कालिका मन्दिरको पनि दर्शन गरेका थिए । कालिका मन्दिरमा थप पूर्वाधार बनाउन सहयोग गर्ने समेत उनले सो क्रममा बताए ।

rbt

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS