तनहुँ । जनता समाजवादी पार्टी नेपाल तनहुँले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान चलाउने भएको छ ।
पार्टीले आगामी कार्तिक १३ गते सुज अभियानको सुरु गर्ने निर्णय गरेको जसपाका केन्द्रीय सदस्य देबेन्द्र थापाले जानकारी दिए ।
सुज अभियानको तयारीका लागि तनहुँमा उपलब्ध केन्द्रीय सदस्य तथा प्रदेश सदस्य, जिल्ला सदस्यहरुको बैठक बसी सो निर्णय गरेको केन्द्रिय सदस्य थापाले जानकारी दिए ।
बैठकमा जसपा कार्यकारी समिति सदस्य हिसिला यामीको विशेष उपस्थिति रहेकोे थियो ।
















