images
images
images

म्याग्दे गाउँपालिकामा झण्डोतोलन

images

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको कार्यालयमा बिहीबार झण्डा पुजा तथा झण्डोतोलन गरिएको छ । गाउँपालिकाकी अध्यक्ष माया देवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा झण्डोतोलन गरेका हुन् ।

घटस्थापनाको दिन हरेक सरकारी कार्यलयमा नेपालको झण्डा पुजा गर्ने परम्परा अनुसार म्याग्देमा पनि गरिएको हो । पण्डित बोदराज अधिकारीले पुजा गरि सुरु भएको घटस्थापना पुजाको शुभारम्भ गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, म्याग्दे १ का वडा सदस्य विनोद खनाल, कार्यपालिका सदस्य, वडा अध्यक्षहरू, कर्मचारी र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS