damuli hospatail

२४ मंसिर २०८०, आईतवार

आदिकविमा नवआगन्तुक विद्यार्थीलाई स्वागत एवं दशैँ तिहारको शुभकामना आदानप्रदान

तनहुँ । तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा आदिकवि नेपाली सिर्जनशील र व्यवस्थापन विद्यार्थी सर्कलको आयोजनामा नवआगन्तुक विद्यार्थीलाई स्वागत एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुको स्वागत एवं वडादशै र तिहार शुभकामना कार्यक्रम भएको हो । आदिकवि नेपाली सिर्जनशील मञ्चका अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले वडादशै, तिहारको शुभकामना व्यक्त गरे ।

विद्यार्थीहरूलाई एक आपसमा घुलमिल र आत्मियताको भावना निर्माण गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने क्याम्पस संचालक समितिका उपाध्यक्ष बुद्दिमान श्रेष्ठले बताए ।

सो कार्यक्रममा क्याम्पस सञ्चालक समितीका सदस्य मोहन गिरि, स्ववियु सभापति दुर्गा भण्डारी, जीवन सेवा अभियानका संस्थापक अध्यक्ष एव युथ कंग्रेस तनहुँका संयोजक राजेश कुमार श्रेष्ठ, व्यास युवा परिषदका कार्यकारी उपाध्यक्ष गौरब पन्थ, वाइसियल व्यास नगरपालिकाका अध्यक्ष निर्दोष भट्टराइ, रेड्क्रस सर्कलका अध्यक्ष सन्देश अधिकारी, आदिकवि क्लबकी अध्यक्ष रिसु थापा लगाएतले आफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रमको स्वागत व्यवस्थापन विद्यार्थी सर्कलका कार्यबाहक अध्यक्ष दिनेश विक र कार्यक्रमको सञ्चालन व्यवस्थापन विद्यार्थी सर्कलका सचिव सुमन खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

sukala