३२ असार, धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ ।
प्रदेश संसदीय दलका नेता खगराज भट्टको अध्यक्षतामा बिहीबार बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न दलहरूसँग संवाद गर्न निर्णय गरेको हो ।
बैठकले एमालेले समर्थन फिर्ता लिएपछि अल्मलमा परेका मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध समेत गरेको छ ।
यस्तै नेकपाले सरकारलाई तत्काल दीर्घकालीन महत्त्वका निर्णय नगर्न पनि अनुरोध गरेको छ ।
बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई मार्ग प्रशस्त गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
सरकारले प्रदेश सभामा पेश गरेको अगामी आर्थिक वर्ष २०८३/८४ असार १ मा बजेटको विषयमा विवाद बढेपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बुधबार बर्खास्त गरेका थिए ।
मुख्यमन्त्रीले बर्खास्त गरेपछि बुधबार नै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियोे ।
एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका शाहले नेकपालाई बजेटमा सघाउन अनुरोध गरेका थिए तर नेकपाले भने यथास्थितिमा बजेट पारित गर्न सघाउन नसकिने जनाएको थियोे ।अनलाइनखबर















