images
images

निबुवा खोलामा हुन लागेको भलिबल प्रतियोगिता आज बाट सुरु : नगर प्रमुख न्यौपानेले गर्ने उद्घाटन

images

दमौली,तनहुँ । तनहुँको व्यास नगरपालिका-५ साँगे-निबुवाखोलास्थित खेलमैदानमा यही जेठ १५, १६ र १७ गते सञ्चालन हुने खुल्ला वडा स्तरीय प्रथम ‘द नाइनटिज’ पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

व्यास नगरपालिका-५ तथा म्याग्दे गाउँपालिका-१ का युवाहरूको सक्रियतामा स्थापना गरिएको ‘द नाइनटिज युवा क्लब’को आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो। क्लबले सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित निरन्तर कार्यक्रम गर्दै आएको जनाएको छ।

प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको जानकारी दिंदै क्लबले अध्यक्ष एककुमार श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरिएको जनाएको छ। क्लबका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय युवाहरूको प्रतिभा उजागर गर्दै खेलकुदमार्फत व्यास नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने रहेको छ। प्रतियोगितामा करिब ४० टिमको सहभागिता रहने अपेक्षा गरिएको छ भने हालसम्म करिब २० टिम सम्पर्कमा आइसकेका छन्।

टिम दर्ता शुल्क रु. ३,५०० तोकिएको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. 33.333 सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी द्वितीय हुने टोलीलाई रु. २२,२२२ र तृतीय हुने टोलीलाई रु. ११,१११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कारसमेत प्रदान गरिने क्लबका उपाध्यक्ष बिमल श्रेष्ठले जानकारी दिए।

प्रतियोगितालाई व्यवस्थित रूपमा सञ्चालन गर्न आर्थिक व्यवस्थापन, प्रचार-प्रसार, मञ्च व्यवस्थापन, यातायात, अतिथि सत्कार तथा समग्र कार्यक्रम सञ्चालनका लागि विभिन्न उपसमितिहरू गठन गरिएको छ। क्लवका अध्यक्ष श्रेष्ठका अनुसार प्रतियोगितालाई सफल बनाउन विभिन्न संघसंस्था, समाजसेवी तथा सहयोगी व्यक्तिहरूसँग आर्थिक तथा अन्य सहयोगका लागि आह्वान गरिएको छ।यस प्रतियोगिताको प्रथम पुरस्कार व्यास-५ बरबोटे निवासी तथा हाल दक्षिण कोरिया मा रहेका आनन्द लामिछानेले प्रायोजन गरेका छन्। त्यसैगरी दोस्रो पुरस्कार केम्यान आइल्यान्ड्स मा रहेका अमृत गैरेले र तृतीय पुरस्कार साउदी अरेबिया मा रहेका आशिक श्रेष्ठले प्रदान गर्ने भएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS