दमौली,तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले लागु औषध कारोबारमा संलग्न १०१ पुरुष र १ महिला गरी कुल १०२ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्म लागु औषध कारोबारमा संलग्न १०१ पुरुष र १ महिला गरी कुल १०२ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले यस अवधिमा लागु औषध सम्बन्धी ६६ मुद्दा दर्ता गरेको छ ।
प्रहरीले विभिन्न प्रकारका लागु औषध बरामद गरेको छ । बरामद भएका लागु औषधमा ब्रुपिनोर्फिन ७६९ एम्पुल, डाईजेपाम ७८९ एम्पुल, फेनेरागन ७४१ एम्पुल, ट्रामाडोल ६८३९ क्याप्सुल, भोमाइन २५ का २५० ट्याब्लेट, टापेन्टाडोल ५०० ट्याब्लेट, गाँजा ५८ केजी ८०१ ग्राम, चरेश २०० ग्राम र हिरोइन १४१० मिलिग्राम रहेको छ।
जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी उपरीक्षक टेक बहादुर कार्कीले जिल्लामा लागु औषध नियन्त्रण अभियान अन्तर्गत वैशाख मसान्तसम्म १३२ वटा सचेतना कार्यक्रम सञ्चालन गरेको रकार्यक्रममा २८७० जना सहभागी भएका बताउदैँ जिल्लामा प्रवेश गर्ने मुख्य नाकाहरूमा सवारी साधन र शंकास्पद व्यक्तिको दैनिक जाँच गर्ने जस्ता गतिविधि सञ्चालन गर्ने,जिल्लामा लागू औषध नियन्त्रणमा तनहुँ प्रहरी सधै तत्पर भएको बताए।
तनहुँ प्रहरीले स्थानीय पालिका र वडासँग समन्वय गरी गाँजा उत्पादन हुने क्षेत्रमा खेती नष्ट गरेको छ । प्रहरीले गोप्य सुराकी परिचालन गरेको छ र उत्पादन तथा बिक्री वितरण स्थलमा गस्ती र निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँले लागू औषध नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ ।















