images
images

संसदमा बोल्न रास्वपा सांसदले लिए च्याटजीपीटीको सहारा, त्यसो नगर्न सचेतकले गराइन् सचेत

images

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले प्रतिनिधि सभा बैठकमा बोल्नका लागि च्याट च्याटजीपीटीको प्रयोग बढाएपछि पार्टीले सचेत गराएको छ ।

संसदमा बोल्ने विषयवस्तु बनाउन एआईको प्रयोग बढ्दै गएपछि सचेतक क्रान्तिशिखा धितालले आइन्दा त्यसो नगर्न सांसदहरुलाई सचेत गराएकी हुन् ।

रास्वपाका एक सांसदका अनुसार सचेतक धितालले बोल्ने विषय पाए नबोल्न तर च्याटजीपीटीको सहारा नलिन निर्देशन दिएकी छन् ।

सांसदहरुको ग्रुपमा र अनौपचारिक छलफलमा धितालको भनाइ उद्धृत गर्दै ती सांसदले भने, ‘विषयवस्तु नभएको अवस्थामा संसदमा नबोले पनि हुन्छ । तर, च्याटजीपीटीको भरमा बोल्न आवश्यक छैन ।’

प्रतिनिधि सभामा रास्वपा १८१ जना सांसद छन् । रास्वपाका सांसदहरुले च्याटजीपीटीको आधारमा संसदमा बोलेको भन्दै प्रश्न उठेको छ । अनलाइनखबर

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS