images
images

चट्याङ लागेर युवतीको मृत्यु

images

तनहुँ । चट्याङ लागेर यहाँ एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका–१४ रुम्सीकी १९ वर्षीया ललिसा थापा रहेकी छिन् ।

आँगनमा बसिरहेको अवस्थामा चट्याङ लागेर ललिसा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार चट्याङ लागेर घाइते ललिसाको उपचारका क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS